कृषकहरुलाई पर्यावरणीय कृषि तालिम
चन्द्रौटा, १ भदौ ।
कपिलवस्तको शिवराज नगरपालिकामा सामुदायिक अगुवा कृषकहरुलाई पर्यावरणीय कृषि सम्बन्धि तालिम प्रदान गरिएको छ । सिद्धार्थ सामाजिक विकास केन्द्रको आयोजना, एक्सन एड नेपालको सहयोग र शिवराज नगरपालिका सहकार्यमा शुक्रबार वडा नम्बर–३, खरेन्द्रपुरमा तालिम समापन भएको हो ।
शिवराज नगरपालिका कृषि शाखा प्रमुख ताराचन्द चौधरीले कृषकहरुलाई तालिममा सिकेका कुरा व्यवहारमा उतार्नुपर्ने बताए । कृषि प्रदान देश भएपनि सिँचाइको व्यवस्थापनमा जोडदिनुपर्ने उनले जनाए । शिवराजको हकमा सिँचाइ, मल खाद लगायत बिषयमा पालिका प्रतिबद्ध रहेको चौधरीको भनाइ छ । कृषकको समस्यालाई मध्यनजर गर्दै समाधान गर्न कृषि शाखा तमतयार रहेको उनले जिकिर गरे । मापदण्डा बनाएर मलखादको नियमन गरेर मल वितरणमा सहजता प्रदान गर्ने जनाए ।
यसैबीच सिद्धार्थ सामाजिक विकास केन्द्रका पूर्व अध्यक्ष तिकाराम पौडेलले कृषकहरुको निर्वाहमुखी कृृषि प्राणालीलाई अबलम्बन गरेको बताए । रासायनिक मलखादको प्रयोग भन्दा प्रांगणिक मलको प्रयोग स्वास्थ्यकर रहने उनले जनाए । पछिल्लो समय बढ्दो बिरामीका समस्यालाई मध्यनजर गर्दै साबधानी अपनाई घरमै उत्पादन गरेर तरकारी तथा अन्नबालीको प्रयोग गर्न आश्यक रहेको बताए ।
यस्तै कार्यक्रम संयोजक अजय सिंह चौधरीेले परम्पारगत तबरले गर्दै आएको कृषि प्राणलीलाई समयानुकूल परिमार्णजन गर्न आवश्यक रहेको बताए । उत्पादनमूलक कार्यमा लगानी गर्न जरुरी रहेको बताउँदै निर्वाहमुलक कृषि मात्रै नभएर व्यावसायमूखी आधुनिक खेतिपातीमा जोडदिनुपर्ने जनाए । 
स्थानीय वडा नम्बर ४, १० र ११ का कृषक समूहका अगुवा तथा सामाजिक अभियान्ताहरुको सहभागितामा उक्त तालिम तीन दिनसम्म सञ्चालन भएको थियो । विगत ६ महिनादेखि शिवराजको ३ वटा वडामा सिद्धार्थ सामाजिक विकास केन्द्रले स्थानीयको समस्यालाई मध्यनजर गर्दै ग्रामिण भेगमा प्रभावकारी कार्यक्रम सञ्चालन गर्दै आएको कार्यक्रम संयोजक चौधरीले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















