दीर्घरोगीको औषधाेपचार खर्च रोकियो, तत्काल उपलब्ध गराउन माग
काठमाडौं : काठमाडौं महानगरपालिका वडा-३१ का अध्यक्ष सरोज ढकालले क्यान्सर, मृगौला, प्यारालाइसिस जस्ता दीर्घ रोगीको औषधाेपचार खर्च रोकिएको भन्दै यसको व्यवस्था गर्न माग गरेका छन्।
बिहिबार बसेको २१ औं नगर कार्यपालिका बैठकमा उनले यस्तो माग गरेका हुन्। बैठकमा उनले भने, ‘क्यान्सर,मृगौला,प्यारालाइसिस पीडितहरु अहिले पनि वडामा आइरहनु भएको छ, दिनहुँ वडामा सम्पर्क गर्न आइरहनु भएको छ तर,महानगरले पैसा पठाएको छैन,यस विषयमा के भएको हो, पैसा किन रोकियो? तुरुन्त चासो राखेर पैसा पठाइहोस।’
महानगरपालिकाले मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, उपचारमा रहेका क्यान्सर रोगी र मेरुदण्ड पक्षाघात भएका बिरामीलाई औषधि, उपचारबापत खर्च उपलब्ध गराउँदै आएको छ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















