करारका कर्मचारीलाई स्थायी बनाउँदै काठमाडौं महानगर
काठमाडौं : काठमाडौं महानगरपालिकाले सबै करारमा नियुक्त भएका कर्मचारीहरूलाई स्थायी बनाउने तयारी गरेको छ। शुक्रबार २१ औं नगर कार्यपालिका बैठकमा वडाध्यक्षहरूले करारका कर्मचारीहरूलाई स्थायी गर्न माग गरेका थिए।
उनीहरूले सर्वोच्च अदालत अथवा कुनै पनि अदालतको आदेश कुर्न नपर्ने बताएका छन्। कर्मचारीहरूको वृद्धि विकास गर्न पनि करारका कर्मचारीहरूलाई स्थायी गर्नुपर्ने र विभेद नगरिनुपर्ने उनीहरूको भनाइ छ।
वडाध्यक्षहरूको माग सुनेपछि महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले कार्यविधि बनाएर करारका कर्मचारीहरूलाई स्थायी गर्न लागिएको बताए।
‘कार्यविधि बनाएर भए पनि २०६४ सालसम्म अस्थायी करारमा नियुक्ति भएका कर्मचारीलाई स्थायी गरिन्छ,अन्य कर्मचारीहरूलाई पनि कार्यविधि बनाएर प्रदेशसरकारसँग परामर्श मागेर स्थायी गर्न पहल हुन्छ,’उनले भने।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















