आशा लघुवित्तीयद्वारा बाढी पीडितलाई सहयोग
दुर्गा प्रसाद काफ्ले
चन्द्रौटा, ३२ साउन ।
कपिलवस्तु जिल्लाकाे बाणगंङ्गा नगरपालिका ७, बनगाई स्थित आशा लघुवित्त बित्तिय संस्थाद्वारा बिहिवार आफ्नो कार्य क्षेत्र अन्तरगत समूहमा आबद्व ११२नं. केन्द्रका ९ जना सदस्यहरूलाई जनही ५ हजारका दरले ४५ हजार नगद सहयोग गरेको छ ।
गत साउन ९गते बिहान एक्कासि आएकाे बाणगङ्गा नदीको पानीकाे बहाव घरमा पस्दा प्रभावित भएका सदस्यहरूलाई टेवा पुग्ने उद्वेश्यले सहयोग प्रदान गरेको आयोजक संस्थाले जनाएको छ । आर्थिक सहयोग हस्तान्तरण गर्दै शाखा प्रमुख, कार्यक्रमका सभापति रमेश क्षेत्रीले समूहमा आबद्व सदस्यहरूलाई विभिन्न खालका सेवा सुबिधा प्रदान गर्न सकिने बताउदै समूह बाहिर रहेका सदस्यहरूलाई दिदीबहिनीसँग आबद्व भई संस्थाकाे सेवा सुबिधामा पहुँच बढाउन आग्रह गर्नु भयो ।
वडा नं.७ चौरी टाेलका स्थानीय दिदीबहिनी ,समाजसेवी ,बुद्धिजीवी ,सञ्चारकर्मी, भद्रभलाद्मी सम्बन्धित संस्थाका प्रतिनिधि लगाएतकाे सहभागी रहेको कार्यक्रम लघुबित्तका कर्मचारी महेश गुप्ताको सञ्चालनमा सम्पन्न भएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















