अष्ट्रेलियालाई हराउँदै इंग्ल्याण्ड पहिलो पटक महिला विश्वकपको फाइनलमा
काठमाडौं : आयोजक अष्ट्रेलियालाई पराजित गर्दै इंग्ल्याण्ड पहिलो पटक फिफा महिला विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
सिड्नी स्टेडियममा बुधबार भएको अन्तिम सेमिफाइनलमा इंग्ल्याण्डले अष्ट्रेलियालाई ३–१ गोल अन्तरले पराजित गरेको हो।
खेलको ३६ औं मिनेटमा इला टोनीले ३६ औं मिनेटमा गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिइन्। पहिलो हाफमा १–० ले पछि परेको अष्ट्रेलियाले दोस्रो हाफमा खेलमा फर्किन प्रयास गर्यो। ६३ औं मिनेटमा साम केरले गोल गरेपछि खेल १–१ को बराबरी भयो।
७१ औं मिनेटमा लउरेन हेम्पले गोल गरेपछि इंग्ल्याण्डले २–१ को अग्रता बनायो। ८६ औं मिनेटमा एलेसिय रुसोले अर्को गोल थपेपछि इंग्ल्याण्ड ३–१ ले विजयी भयो।
अब इंग्लयाण्डले उपाधिका लागि स्पेनको सामना गर्नेछ। स्पेन मंगलबार भएको पहिलो सेमिफाइनलमा स्विडेनलाई २–१ गोलले पराजित गर्दै फाइनलमा पुगेको हो।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















