पूर्वी अफगानिस्तानको खोस्ट प्रान्तको खोस्ट शहरमा सोमबार भएको विस्फोटमा परी तीन जनाको मृत्यु भएको छ। सोमबार भएको विस्फोटमा परी ३ जनाको मृत्यु हुनुका साथै अन्य ७ जना घाइते भएको खोस्ट प्रान्तले जनाएको छ।

विस्फोट क्षेत्रमा अहिले प्रहरीले घेराबन्दी गरी अनुसन्धान गरिरहेको बताइएको छ। पाकिस्तानको वजिरिस्तान क्षेत्रबाट फर्किएका केही शहरणार्थीहरू र खोस्टका बासिन्दाहरू सहभागी रहेको एक होटलमा बम विस्फोट भएको थियो। अहिले घाइतेको अस्पतालमा उपचार भइरहेको छ।