भ्रमण छोट्याएर भोलि स्वदेश फर्किंदै माधव नेपाल
काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भोलि सोमबार स्वदेश फर्किने भएका छन्। युरोप भ्रमणमा गएका नेपाल भ्रमण छोट्याउँदै भोलि स्वदेश फर्किन लागेका हुन्। उनी भोलि बिहान १० बजे नेपाल आइपुग्दै छन्।
समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले भदौ २ गतेसम्मको योजना बनाएर गएका नेपाल ललितानिवास प्रकरणमा उनीमाथि पनि छानविन हुने भएपछि भ्रमण छोट्याएर फर्किन लागेको बताए।
उनले पूर्व निर्धारित कार्यक्रमअनुसार जाँदा पनि केही मान्छेले भागेको भन्ने आरोप लगाएले आफूहरूले नै फर्किन आग्रह गरेको बताए। पाण्डेले देशको प्रधानमन्त्री भइसकेको मान्छे बिना गल्ती देश छोडेर नभाग्ने बताए।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















