मोरङ : १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा लेटाङ नगरपालिका-५ बस्ने २३ वर्षीय युवराज महरालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

महराले ती किशोरीलाई साउन २० गते बेलुकी सोही ठाउँस्थित बाँसघारीमा ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको।