नेपाल स्वयंसेवक संघद्वारा मायादेवी गाउँपालिकामा वृक्षारोपण
कपिलवस्तु , २७ साउन ।
नेपाल स्वयंसेवक संघद्वारा मायादेवी गाउँपालिकामा वृक्षारोपण गरिएको छ। नेपाल स्वयंसेवक संघ कपिलवस्तु र संघको मायादेवी गाउँ कमिटीको आयोजना र मायादेवी साझेदारी वन उपभोक्ता समूहको सहकार्यमा आज वृक्षरोपण कार्यक्रम गरिएको हो ।
गाउपालिकाको कार्यालय बाट शुभराम्भ भइ खानेपानी संस्थान , इलाका प्रहरी कार्यालय , सिमा प्रहरी कार्यालय , सशस्त्र बेस क्याम्प चाकरचौडा मा वृक्षरोपण कार्यक्रम गरिएको छ । स्वच्छ वायु, स्वच्छ जीवन तथा मुहान संरक्षणका लागि वृक्षरोपण भन्ने उद्देश्यले कार्यक्रम सुरुवात भएको नेपाल स्वयंसेवक संघका जिल्ला अध्यक्ष गिरजेश शरण चौधरीले बताउनु भयो ।
कार्यक्रम का प्रमुख अतिथि नेपाल स्वयंसेवक संघका केन्द्रय अध्यक्ष खेमराज पौडेलले यो अभियान साउन २२ गते देखि नेपालका ७५३ पालिकाहरुमा एकैपटक सुरु भएको बताउदै वृक्षरोपण गरिसकेपछि यसको संरक्षण र संवर्धन गर्नु पनि हाम्रो दायित्व रहेको बताउनु भयो । वृक्षरोपणमा टिक, निम, बकेनाे लगायत विभिन्न जातका १५० भन्दा धेरै बिरुवाहरु रोपिएको थियो ।
नेपाल स्वयंसेवकसंघका जिल्ला अध्यक्ष गिरजेश शरण चौधरीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि खेमराज पौडेल, विशिष्ट अतिथिमा मायादेवी गाउँपालीकाका प्रमुख प्रशासकिय अधिकृत प्रमेशवर यादव, मायादेवी साझेदारी वनका अध्यक्ष दिनेश प्रसाद जैसवालको आथित्यतामा रहेको थियो भने अतिथिहरुमा प्र.नि. शिवकुमार क्षेत्री , नेपाल स्वयंसेवक संघका सचिव कल्पना कुवँर , प्र. ना. नि रामशरण चौधरी , स . प्र. नि. हरि पोख्रेल , सामाजिक विकास तथा अनुगमन अधिकृत जितेन्द्र चौधरी को थियो भने आयोजक मायादेवी गाउँपालिका नेपाल स्वयंसेवकसंघका संघको अध्यक्ष विन्देश्वरी यादव तथा सम्पूर्ण सदस्यहरु, नेपाल स्वयंसेवक संघका सदस्य तथा यवा व्यवसायी राजु रिजाल लगायत विभिन्न संघ संस्थामा आबद्ध रहेका सामाजिक व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















