मदवामा निः शुल्क आँखा शिविर हुने
आर.ए. अन्जान
चन्द्रौटा, २८ साउन ।
कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर–३, मदवामा निःशुल्क शिविर हुने भएको छ । वडा नम्बर ३ कार्यालय तथा चनई स्वास्थ्य चौकीको आयोजना र छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगञ्जको प्राविधिक सहयोगमा शिविर हुने भएको स्वास्थ्य चौकी प्रमुख जितेन्द्र बि.सी.ले जनाए । 
आम नागरिकहरुको समस्यालाई मध्यनजर गर्दै शिविर आयोजना गर्न थालिएको वडा अध्यक्ष टेकलाल सापकोटाले बताए । मोतिबिन्दु तथा आँखाका समस्या भएका बिरामीहरुले यहि साउन २९ गते सोमबार बिहान ९ बजे देखि अपराह्न्न ३ बजेसम्म मदवा गाउँको खोप तथा गाउँघर क्लिनिकमा एकदिने शिविर हुने भएकोले सहभगि भई स्थानीयहरुले लाभ लिन आयोजकले अनुरोधसमेत गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















