मकवानपुर गढी र हेटौँडामा ठूलो वर्षा, दिउँसोसम्म सतर्कता अपनाउन आग्रह
काठमाण्डाै – पछिल्लो ३ घण्टामा मकवानपुरको मकवानपुर गढी र हेटौँडामा ठूलो पानी परेको छ ।
यी क्षेत्र भइ बहने कर्रा, सम्री खोला र अन्य स–साना खोलामा आकस्मिक बाढी आउन सक्ने जोखिम रहेकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा रहनुहुनेले दिउँसोसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
मनसुन सक्रिय भएसँगै देशभर झरी परेको छ । बाढी पहिरोसँगै डुबानको जोखिम रहेकाले सतर्कता अपनाउन मौसमविद्को आग्रह गर्दै आएका छन् । 

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























