संसद् अवरुद्ध पार्ने कामलाई निरन्तरता दिएपछि एमाले एक्लियो : जितेन्द्र देव
काठमाडौं : सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले संसद अवरुद्ध पार्ने कामलाई निरन्तरता दिन थालेपछि प्रमुख प्रतिपक्ष एमाले एक्लिँदै गएको बताएका छन्।
शुक्रबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले विना कारण संसद् बैठक अवरोध गर्ने कामलाई निरन्तरता दिएपछि प्रतिपक्ष राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले समेत एमालेको साथ छोडेको दाबी गरे। उनले बुद्धिजीवी, मिडिया, अन्तर्राष्ट्रिय समुदायले समेत संसद अवरुद्ध पार्ने एमालेको कामलाई साथ नदिएको जिकिर समेत गरे।
सांसद देवले डेमोक्रेसीको प्राण वायु संसद भए पनि एमालेले त्यसलाई चल्न नदिएर गम्भीर समस्या खडा गरेको आरोप समेत लगाए। उनले सत्तारुढ दलले पाँच वर्ष नै सरकार चलाउने गरी मुलुकलाई राजनीतिक स्थायित्व दिइरहेका बेला प्रतिपक्ष एमालेले त्यसविरुद्ध अनेक चलखेल गर्नु उचित नभएको तर्क समेत गरे।
सांसद देवले ५ वर्षसम्म मुलुक सत्तारुढ गठबन्धनकै नेतृत्व चल्ने समेत बताए।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















