रास्वपाका सांसदहरूले संसद् नचलेका दिनको सेवा सुविधा नलिने
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले संसद् बैठक नचलेको दिनको कुनै सेवा सुविधा नलिने घोषणा गरेको छ।
शुक्रबारको बैठक पनि प्रमुख प्र्रतिपक्षी दल नेकपा एमालेको अवरोधको कारण स्थगित भएपछि रास्वपाले बैठक नचलेको दिनको सेवा सुविधा नलिने घोषणा गरेको हो।
बैठक स्थगित भएपछि बाहिरिने क्रममा सभापति रवि लामिछानेले संसद् नचलेको बेलाको कुनै सेवा सुविधा नलिन व्यवस्था गरिदिन सभामुखलाई आग्रह गरे ।
उनले सभामुखलाई दलको तर्फबाट संसद सुचारु गर्नको लागि संसदीय अभ्यासभित्र रहेर संसद् निरन्तर चलोस् भनेर सभामुखलाई औपचारिक रूपमा पत्र दर्ता गराएको भन्दै बैठक नचलेको दिन आफ्नो पार्टीको सांसदहरुलाई सुविधान नदिन आग्रह गरे।
एमालेको अवरोधका कारण साउन १० यता संसद बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















