कपिलवस्तु नगरपालिकामा बृहत वृक्षरोपण
कपिलवस्तु , २५ साउन ।
नेपाल स्वयंसेवक संघ कपिलवस्तु जिल्ला र नगर कमिटीले आज प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, कपिलवस्तु जिल्ला अस्पताल, जिल्ला कारागार , तथ्याङ्क , वडाकार्यालय ३ क.व. , रत्नराज मा. वि , संस्कृत मा. वि ., यसोधरा , बुद्धपदम मा.वि. मा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । नेपाल स्वयंसेवक संघ कपिलवस्तु नगर कमिटीको आयोजना र मायादेवी साझेदारी वन उपभोक्ता समूह , वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता महासंघ नेपालको सहकार्यमा आज वृक्षरोपण कार्यक्रम सम्पन्न भएको हो ।
स्वच्छ वायु, स्वच्छ जीवन तथा मुहान संरक्षणका लागि वृक्षरोपण भन्ने उद्देश्य ले कार्यक्रम सुरुवात भएको नेपाल स्वयंसेवक संघका जिल्ला अध्यक्ष गिरिजेशशरण चौधरीले बताउनु भयो । संघका केन्द्रीय अध्यक्ष खेमराज पाैडेलले यो अभियान साउन २२ गते देखि नेपालका ७५३ पालिकाहरुमा एकैपटक सुरु भएको बताउदै वृक्षरोपण गरिसकेपछि यसको संरक्षण र संवर्धन गर्नु पनि हाम्रो दायित्व रहेको बताउनु भयो । वृक्षरोपणमा कल्की , अमला , लगायत विभिन्न जातका २०० भन्दा धेरै बिरुवाहरु रोपिएको र ३०० मायादेवी र शुद्धाेधन गाउपालिकामा राेपिएकाे जनाएको छ ।
चौधरीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि मधुसूदन शरण चौधरी ,विशिष्ट अतिथिमा जिल्ला समनवय समिति प्रमुख बाबुराम आचार्य , क.व प्रमुख जिल्ला अधिकारी शंकर हरि आचार्य , र नेपाल स्वयंसेवक संघका केन्द्रीय अध्यक्ष खेमराज पौडेलको रहेको थियो भने अतिथिहरुमा काराघार प्रमुख मनोज सैनी , नेपाल स्वयम् संघको केन्द्रीय सदस्य तथा अन्तराष्ट्रिय सम्पर्क समितीको संयोजक हेमन्त भुसाल , नेपाल स्वयंसेवक संघ विपत् व्यवस्थापन समितिको केन्द्रीय संयोजक रेनु सेन ठकुरी , विपत् व्यवस्थापन समिति प्रदेश समनवय कर्ता कपिलवस्तु जिल्ला प्रमुख तारावती चौधरी ,वरिष्ठ समाजसेवी रुकैया खातुन , राष्ट्रिय युवा संघ तथा समाजसेवी तिलक गिरी , होम मरसायी, मायादेवी साझेदारी वनका अध्यक्ष दिनेश प्रसाद जैसवाल , शुद्धोदन गाउँपालीका स्वयंसेवक संघको सल्लाहकार तथा मायादेवी साझेदारी वनका सदस्य कुमार मिस्र ,शुद्दोदन गाउपालिका का संघको सचिव सतिश शुक्ला को थियो भने आयोजक कपिलवस्तु नगरपालिका नेपाल स्वयंसेवक संघको अध्यक्ष वसन्त कुमारी सिङ , उपाध्यक्ष प्रविन मिस्र , कोषाध्यक्ष बिमला कहाँर , सचिव जुनु श्रेष्ठ , सदस्य गोमा परियार , नेपाल स्वमंसेवक संघका सद्स्य तथा युवा व्यवसायी राजु रिजाल लगायत विभिन्न संघ संस्थामा आबद्ध रहेका सामाजिक व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















