काठमाडौँ : सरकारले पाँच रूपैयाँ दरका १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृति दिने निर्णय गरेको हो ।

त्यसैगरी बैठकले राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० स्वीकृत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्। बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति दिने सरकारको निर्णय छ ।