सप्तरीमा करेन्ट लागेर एक महिलाको ज्यान गयाे
सप्तरी – सप्तरीमा करेन्ट लागेर एक महिलाकाे ज्यान गएकाे छ ।
सप्तरीकाे राजगढ गाउँपालिका-६ फकिरामा करेन्ट लागेर अन्दाजी ५८ वर्षीया दुर्गिदेवी साहकाे ज्यान गएकाे हाे ।
खेतमा माेटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी शाहकाे राजविराजमा रहेकाे गजेन्द्रनारायण सिंह अञ्चल अस्पतालमा ज्यान गएकाे हाे ।
यस घटनाकाे सम्बन्धमा अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















