दाजुकाे अस्तु सेलाउन गएका लाेकेन्द्र नारायणीमा बगेर बेपत्ता
फाइल तस्बिर
दाङ – दाजुको अस्तु सेलाउन गएका दाङ तुलसीपुर उपमहानगरपालिका–१२ कौवापुरका लोकेन्द्र भुसाललाई नारायणी नदीले बगाउँदा बेपत्ता हुनुभएकाे छ । बिहीवार दाजु रेमन्तकाे अस्तु देवघाटमा सेलाउन गएका लाेकेन्द्रलाई नारायणीले बगाएकाे हाे ।
रेमन्तका फुपूका छोरा ३२ वर्षीय लाेकेन्द्रलाई शुक्रवार बिहान नारायणी नदीले बगाएकाे चितवन प्रहरीलाई उद्धृत गर्दै पारिवारिक स्रोतले जानकारी दिएको छ । बेपत्ता लाेकेन्द्रकाे खोजी भइरहेको प्रहरीको भनाइ छ ।
तुलसीपुर–१२ काे रझेनामा साउन १५ गते बेलुका मोटरसाइकल र स्कुटर ठोकिँदा गम्भीर घाइते हुनुभएका रेमन्तकाे उपचारका क्रममा बुधवार भारतको लखनउमा ज्यान गएकाे थियाे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















