काठमाडौं : पछिल्लो समय किसानले पालेका पशु चौपायाहरूमा तीव्र गतिमा फैलिएको लम्पी स्किन रोग नियन्त्रण, रोकथाम तथा उपचारमा सरकारले बेवास्ता गरेको भन्दै एमालेले माइतीघरमा दबाब र्‍याली गरेको छ।

सरकारले लम्पी स्किन रोगलाई महामारी घोषणा गरेर पीडित किसानहरूलाई क्षतिपूर्तिसमेत दिनुपर्ने माग राख्दै एमालेले पदर्शन गरेको हो।

माइतीघर मण्डलामा भएको प्रदर्शनमा उनीहरूले लम्पी स्किन रोग प्रभावित किसानलाई क्षतिपूर्ति दे, लम्पी स्किन रोगलाई महामारी घोषणा गर, लम्पी स्किन रोगको नियन्त्रण र उपचारको व्‍यवस्था गर् आदिजस्ता नारावाजी गरेका थिए।