शिवराज नगरपालिका भित्र रहि संचालन रहेको न्यूज सेन्टर नेपाल डट कमले गलत सूचना प्रकाशित गरेको प्रति शिवराज नगरपालिकले जारी गरेको प्रेस विज्ञेप्तीमा उल्लेख गरिएको छ ।


प्रेस विज्ञेप्तीमा न्यूज सेन्टर नेपाल डट कमका सम्पादक धोलीले सत्य,तथ्य नबुझि मनगढन्ते ढंगले समाचार सम्प्रेण गरिएको आरोप ल्गाउदै सत्य,तथ्य बुझि पत्रकार आचार सहिताको पूर्ण पालना गरि जन मानसमा समाचरण प्रेसित गर्न ध्यानकार्षण गरिएको छ ।
प्रेस विज्ञेप्तीमा समाचार सम्प्रेसित गर्दा तथ्य, सत्यमा आधारित भई समाचार प्रेसित गर्दा समाजमा सकारात्मक सन्देश हुने र गलत र भ्रामक समाचारले नागरिकले प्राप्त गर्ने सूचनाको मौलिक हकलाई कुण्ठित हुने जनाइएको छ ।
शिवराज नगरपालिकाद्वारा संचालित आधारभूत अस्पतालको प्रमुखको जिम्मेवारीमा रहेका स्वास्थ्यकर्मी लेखनाथ पौडेलले मिति २०८०।०४।१२ गते शुक्रवार राती अन्दाजी १०:३० बजेको समयमा मदिरा सेवन गरि अस्पताल परिसरभित्र आइ त्यंहा कार्यरत दुई जना महिला स्वास्थ्यकर्मी माथी अपशब्द प्रयोग गरेको र दुर्व्यहार गरेको विषयमा पिडितले प्रमुख प्रशासकीय अधिकृत समक्ष उपस्थित भई न्याय र सुरक्षा प्रत्याभूती गराई दोषी उपर कारवाही गरि पाँउ भनि लिखित उजुरी दिएका थिए ।
नगरपालिकाले समिति गठन भइ आवश्यक कार्वाही प्रक्रिया अगाडी बढेको सन्दर्भमा शनिउल्ला धोबी (Saniulla Dhobi) सम्पादक रहेको न्यूज सेन्टर नेपाल डटकम (newscenternepal.com) नामक अनलाइनले मिति २०८०।०४।१४ गते “शिवराजमा महिला कर्मचारी माथी बलात्कार प्रयास” शीर्षक राखी प्रकाशन गरेको समाचारमा शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापा र प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेले घटना लुकाएको भनि तथ्यहीन र मनगढन्ते समाचार प्रकाशन गरेको प्रति यस नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको विज्ञेप्ती मार्फत उल्लेख गरिएको छ ।