पारिश्रमिक बिना सेवामूलक कार्य बिषयक क्षमता अभिवृद्धि तालिम
चन्द्राैटा, १३ साउन ।
कपिलवस्तुकाे शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा पारिश्रमिक बिना सेवामूलक कार्य बिषयक क्षमता अभिवृद्धि तालिम सम्पन्न भएकाे छ । सिद्धार्थ सामाजिक विकास केन्द्रकाे आयाेजनामा शुक्रबार उक्त कार्य सम्पन्न भएकाे आयाेजकले जनाएको छ ।
एक्सन एड नेपालकाे सहयाेग र शिवराज नगरपालिकाकाे सहयाेगमा भएकाे तालिम समापन कार्यक्रमलाई सम्बाेधन गर्दै प्रशिक्षक राेमकान्त घिमिरेले पारिश्रमिक बिना गरिने कार्यमा श्रीमान र श्रीमती बीच सहकार्य गर्न जरुरी रहेकाे बताए । 
यसैबीच वडा नम्बर ४ का वडा अध्यक्ष नसिम अहमद खाँले तालिममा सिकेका कुरालाई व्यबहारमा उतार्न जरुरी रहेकाे बताए । उनले परिवार बीच एकापसमा सुमधुर सम्बन्ध गराउन यस तालिमले महत्त्वपूर्ण भूमिका खल्ने जनाए । पछाडि परेका समुदाय लक्षित कार्यक्रम सञ्चालन गरेकामा धन्यवाद व्यक्त गर्दै तालिममा सहभागीले छरछिमेकीहरुलाई सिकाउन आवश्यक रहेकामा अध्यक्ष खाँले जाेड दिए । 
यस्तै कार्यक्रम संयाेजक अजय चाैधरीले विशेषगरी १० जाेडी दम्पतीलाई तालिम दिएकाे बताए । शिवराजका वडा नम्बर ४, १० र ११ मा कार्यक्रम सञ्चालन गरेकाे जानकारी दिए । उनले समुदायकाे विकासका लागि सामाजिक अगुवाहरुलाई प्रदान गरिएको बताए । तीन सम्म सञ्चालन रहेकाे तालिमलाई हकिकुल्लाह शाहले सञ्चालन गरेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















