प्रहरी र वनका कर्मचारीको मिलेमतोमा काठ तस्कारी
कपिलवस्तु, १३ साउन ।
नेपालको कपिलवस्तु र भारतको बलरामपुर जिल्लामा फैलिएको सुहेलवा बन्यजन्तु अभ्यारणय संरक्षित जंगलको भाभर रेन्ज क्षेत्रबाट टीक र कालोशिशमको तस्कारी केही दिनदेखि व्यापक रुपमा हुँदै आएको छ । नेपाल – भारत सिमामा रहेका संरक्षित जंगल फडानीमा तस्करहरु सक्रिय हुंदा पनि सुरक्षा निकाय लगायत सम्बन्धित निकायले चासो देखाएका छैन ।
जंगलबाट राति तस्करहरु काठका गोलिया भारत तिरको पिपरा परसुरामपुर घाट र नरायनापुर गेडुवजोत घाट हुँदै नेपालका मानपुर, नरायनापुर गाउंका काष्ठ उद्योगहरुमा पुर्याउछन । विभिन्न संचारमाध्यममा पटक पटक समाचार प्रकाशन भएपनि प्रहरी र ठाकुरापुर बन रेन्ज पोष्टले कुनै सक्रियता नदेखाएकाले सेटिङ्गमा नै काठ तस्करी भईरहेको स्पष्ट स्रोतले जनाएको छ ।
स्रोतका अनुसार तस्करहरु बेलुकी काठका गुलिया जंगलबाट ल्याई बार्डरका गाउं वरपरका बगैचा र परालमा लुकाई राख्ने गर्छन । राति ८ देखि ४ बजेभित्र नजिकका काठ उद्योगमा पुर्याइ मोटो रकम कमाउने गरेको स्रोतको दाबी छ । काठ तस्करीबारे सुरक्षा निकाय पनि अनभिज्ञ छैन्न ।
गणेशपुर ईलाका प्रहरी कार्यालय र क्षेत्र भित्रै अवैधरुपमा काठ भित्रिनु भनेको दुई देश बीचमा भएको बन्यजन्तु संरक्षण सम्बन्धि सान्धि सम्क्षौता विपरित कार्य हो । साथै जानि जानि वन्यजन्तु संरक्षित जंगललाई मास्न पल्केका तस्करहरु माथि नाकेल कस्न नसकेको सेक्टर वन र प्रहरी कार्यालय ठाकुरापुरको पनि मिलिमतो रहेको प्रष्ट छ । राति तस्करहरुले परसुरामपुर घाट नजिकै दिनहुँ काठ तस्करी हुने गरेको जनाइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















