काठमाडौं : सानिमा बैंकले धादिङ जिल्लाको रोराङ गाउँपालिका ताल्तीमा एटिएम बुथको स्थापना गरेको छ।

धादिङका स्थानीयबासीमाझ वित्तीय पहुँच पुर्‍याउने उद्देश्यले बैंकले बुधबार बेनीघाट एक समारोहबीच बेनीघाट रोराङ गाउँपालिका-२ का अध्यक्षश्री हेमराजभुजेलको उपस्थितिमा बुथको उद्घाटन गरेको हो।

सानिमा बैंकको सातै प्रदेशमा १३२ वटा कार्यालयहरु र १२३ वटा एटिएम संजालहरु रहेका छन्।