राष्ट्रपति पौडेलद्वारा पाटन दरबार क्षेत्रको अवलोकन
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले पाटनस्थित कृष्ण मन्दिरको दर्शन गरेका छन्।
राष्ट्रपति पौडेललाई शुक्रबार बिहान पाटन दरबार क्षेत्रमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले स्वागत गरे।
यो क्रममा राष्ट्रपति पौडेलले पाटन दरबारक्षेत्रस्थित सुन्दरी चोक, मूलचोक र केशवनारायण चोकसहित पाटन सङ्ग्रहालयको अवलोकन गरेको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
पाटन संग्रहालयका निमित्त कार्यकारी निर्देशक सुरेश लाखे र स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका निमित्त प्रमुख शारदा शिवाकोटीले राष्ट्रपतिलाई यो क्षेत्रको जानकारी गराए।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















