पहिराे खस्दा मध्यपहाडी लोकमार्गअन्तर्गत बाग्लुङकाे निसीखोला–रुकुमकोट खण्ड अवरुद्ध
प्रतीकात्मक तस्बिर
बाग्लुङ – केही दिनदेखि परेको अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत बाग्लुङकाे निसीखोला–रुकुमकोट खण्ड अवरुद्ध भएकाे छ।
लोकमार्गको निसीखोला गाउँपालिका–४ र ५ को सिमाना धर्मशाला तथा कालापैरा–२ को खाडुखोलामा बाढी आउँदा लोकमार्ग अवरुद्ध भएको हो । निरन्तरकाे वर्षाका कारण लोकमार्गको विभिन्न ठाउँमा पहिरो जाँदा र रुख ढल्दा सडक अवरुद्ध भएकाे निसीखोला–४ का वडाध्यक्ष टीकानिधि पौडेलले जानकारी दिनुभयो ।
गएरातिदेखि अवरुद्ध भएको लोकमार्ग अहिलेसम्म खुलाउन नसकिएको उहाँले बताउनु भएकाे छ ।
सडक अवरुद्ध हुँदा रुकुम पूर्वदेखि काठमाण्डौ, पोखरालगायत ठाउँका लागि छुटेका गाडी कालापैरामा राेकिएका छन् । यस्तै, बुर्तिबाङदेखि निसी, भल्कोट हुँदै पूर्वी रुकुम र रोल्पा पुग्ने साना ताथा ठूला गाडी कानाबगरमा रोकिएका छन् ।
खाडु र कालापैरामा माथिदेखि भलसहितको ठूलो बाढी आएर लोकमार्ग पूरै ढाकेकाे पाैडेलले बताउनु भयाे । वर्षाका कारण निसीखोलाका सबै ग्रामीण सडक अवरुद्ध छन् । ग्रामीण सडकदेखि झरेको पहिराेले मुख्य सडकको धेरै ठाउँमा क्षति पुर्याएको छ । वर्षा हुनेबित्तिकै लेदो झरेर सडकमा थुप्रिँदा पटक पटक यातायात अवरुद्ध हुने गरेको छ ।
अन्तिम अपडेट: साउन ११, २०८०
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















