चन्द्रौटा,कपिलवस्तु

शिवराज नगरपालिकाले नगर प्रमुख अजय थापाको नेतृत्वमा शिवराज नगरपालिका अन्तर्गत रहेको राजश्व शाखाले शिवराज नगरपालिका भित्र संचालनमा रहेको उद्योगहरुको अनुगमन गरिएको राजश्व शाखा प्रमुख विपिन खनालले जानकारी दिए ।

शिवराज नगरपालिकाको क्षेत्र भित्र सय भन्दा बढि साना ठुला उद्योगहरु संचालनमा रहेपनि नगरपालिकाको व्यवसाय तथा उद्योग शाखामा पचास वटा व्यवसायहरु मात्र दर्ता रहेको खनालले बताए ।

शिवराज नगरपालिकाको वडा न ६ मा संचालनमा रहेका  विभिन्न किसिमका उद्योग तथा व्यवसाय दर्ता नगरी संचालन गरेको  वार्षिक रुपमा नविरकण नगरी संचालन गरेको देखिएकोले उद्योग संचालकलाई ७ दिने  भित्र नगरपालिकामा आई दर्ता नविकरण गर्न पत्र काटिएको नगर प्रमुख थापाले कपुरी अनलाईनलाई जानकारी दिए ।