काठमाडौँ : एक महिनासम्म सार्वजनिक सम्पर्कभन्दा बाहिर रहेको भनिएका चीनका विदेशमन्त्री छिन काङलाई पदबाट हटाइएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन्।

चीनको सरकारी सञ्चारमाध्यम सिन्ह्वाका अनुसार चीनको शीर्ष विधायिकाले छिनलाई पदबाट हटाउने र उनको स्थानमा उनीभन्दा वरिष्ठ पार्टी नेता वाङ यीलाई नियुक्त गर्ने पक्षमा मतदान गरेको छ।

छिनको अनुपस्थितिले राष्ट्रपति सी चिनफिङका विश्वासपात्र मानिएका ५७ वर्षीय छिन अनुग्रहबाट हटेका थिए वा आधिकारिक अनुसन्धानको अधीनमा थिएभन्ने अड्कलबाजीहरू सुरु भएका छन्।

चीनको विदेश मन्त्रालयले यसअघि ‘स्वास्थ्यका कारण’ जिम्मेवार रहेको बताए पनि पछिल्लो समय यस सम्बन्धमा प्रतिक्रियाका लागि एएफपीले सम्पर्क गर्दा कुनै जानकारी दिन अस्वीकार गरेको थियो।

सिन्ह्वाले किनलाई पदबाट हटाउनुको कारण खुलाएको छैन तर सीले उक्त निर्णय लागू गर्न राष्ट्रपतिय आदेशमा हस्ताक्षर गरेको जनाएको छ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता माओ निङले मङ्गलबार छिनका बारेमा पटक–पटक सोधिएको प्रश्नमा आफूसँग ‘कुनै जानकारी नभएको’ र ‘चीनको कूटनीतिक गतिविधि निरन्तर अघि बढिरहेको’ बताए।