सुदूरपश्चिम सरकारमा नागरिक उन्मुक्ति पार्टी सहभागी नहुने
सुदुरपश्चिम : सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्रीले शपथ लिनै लाग्दा नागरिक उन्मुक्ति पार्टीले सहभागी नहुने निर्णय गरेको छ।
भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्रीमा रामेश्वर चौधरी र राज्यमन्त्रीमा कैलाश चौधरीको नाम टुंग्याएको उन्मुक्ति पार्टीले आज दिउँसो चार बजे शपथ गराउने तयारी भइरहँदा सरकारमा सहभागी नहुने निर्णय गरेको हो।
उन्मुक्ती पार्टीकी अध्यक्ष रञ्जिता चौधरीको नेतृत्वमा केन्द्रिय कार्यलयमा बसेको बैठकले मन्त्रालय भागबण्डा नमिलेको बहाना बनाएर तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेको छ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















