पुष्पालाल सतबार्षिक स्मृति दिवसकाे अवसरमा वृक्षरोपण
चन्द्राैटा, ७ साउन ।
पुष्पालाल सतबार्सिक स्मृति दिवस तथा बृक्षरोपण एवं नेपाली राजनीतिमा पुष्पालाल एक परिचर्चा कार्यक्रम गरिएको छ । जिल्लाकाे बाणगंगा-३, राजापानीमा आइतबार १ सय वटा बिरुवा राेपण गरी पुष्पालालको सम्झना तथा एउटा लोकतान्त्रिक आन्दोलनमा गरेको भुमिका बारेमा चर्चा गरिएको हाे । 
कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सचिव तथा लुम्बिनी प्रदेश ईन्चार्ज पदमा अर्यालले राजनीतिक परिस्थितिकाे समसामयिक बिषयमा मन्तव्य राखे । उनले पछिल्लो राजनीति घटनाक्रमलाई जाेड्दै पुष्पलालकाे सम्झना गर्दै विगतमा भएका त्रुटिलाई सुधार गर्न जरुरी रहेकाे बताए ।
कार्यक्रममा बाेल्ने अधिकांश वक्ताहरुले हालकाे देशकाे परिस्थितिप्रति गम्भीर भएर साेच्नुपर्ने बताएका थिए । नाजुक परिस्थितिले देश गुज्रिरहेकाे बताउँदै आमनागरिकहरु उत्पादनमूलक क्रियाकलापमाअग्रसर हुनुपर्नेमा जाेड समेत दिए ।
यसैबीच पोलिटब्युरो सदस्य तथा कपिलवस्तु इन्चार्ज खिमलाल भट्टराई, केन्द्रिय सदस्य गिरिधारिलाल न्यौपाने लगायतले कार्यक्रमलाई सम्बाेधन गरेका थिए । 
त्यसैगरी बलराम अधिकारी, सुशील श्रीवास्तव जिल्ला अध्यक्ष डम्मर शर्मा प्रदेश सदस्य झबिलाल पोखेल, कृष्ण पौडेल लगायतको सहभागिता रहेकाे नेकपा एमाले कपिलवस्तुले जनाएकाे छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















