राप्ती राजमार्ग अवरुद्ध
सल्यान : अविरल वर्षापछि ढुंगा खस्दा राप्ती राजमार्ग आइतबार बिहानदेखि अवरुद्ध भएको छ। राप्ती राजमार्गको श्रीनगर-कपुरकोट सडकखण्डको त्रिवेणी गाउँपालिका-५ टुनिबोटनजिकै सडकमा ठूलो ढुंगा खस्दा राजर्माग अवरुद्ध भएको हो।
बिहान साढे ७ बजेतिर ठूलो ढुंगा झर्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए। सडक अवरुद्ध हुँदा मोटरसाइकल र सानो गाडीहरु पास भए पनि ठूला सवारीसाधन बाटोमा नै रोकिएको उनको भनाई छ। बिहानदेखि सडक अवरुद्ध हुँदा ठूला सवारीसाधनममा गन्तव्यमा हिँडेका यात्रु अलपत्र परेका छन्।
जिल्लामा ठूलो ढुंगा फुटाउने कुनै साधन नहुँदा दाङ तुलसीपुरबाट बोलाइएको खनालको भनाई छ। दाङबाट साधन आउने बित्तिकै ढुंगा फुटाइने उनले बताए। सडक सञ्चालनमा आउन बेलुकी ५/६ बज्न सक्ने प्रहरीको भनाई छ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















