उर्जावान लगानी समूहको अध्यक्षमा पौडेल चयन
राम अवतार चौधरी
चन्द्रौटा, ६ साउन ।
उर्जावान लगानी समूहको अध्यक्षमा सन्तोष पौडेल चयन भएका छन् । जिल्लाको शिवराज नगरपालिका–५, चन्द्रौटामा रहेको समूहको शनिबार भएको प्रथम साधारसभा तथा अधिवेशनबाट पौडेल चयन भएको लगानी समूहले जनाएको छ ।
पौडेलको अध्यक्षतामा ९ सदस्यीय कार्य समितिका पदाधिकारी चयन भएका हुन् । जसको उपाध्यक्षमा मिना जैसी, सचिवमा टेकराज पौडेल, सह–सचिवमा सगुन खड्का र कोषाध्यक्षमा दिनेश बेल्वासे लगायत निर्विरोध चयन भएको जनाइएको छ । 
यसैबीच समूहको सल्लाहकार रहेका कृष्ण बहादुर रावलले समूहमा उठेको रकमको सदुपयोग गर्न जरुरी रहेको बताए । खासगरी उत्पादनमूलक क्षेत्रमा लगानी गर्दा आमनागरिकहरु जीवनस्तर माथि उकास्निे बताउँदै समूहको प्रगतिको कामना उनले व्यक्त गरे । समूहलाई अगाडी बढाउने योजना प्रस्तुत गर्दै सफलताको शुभकामनासमेत रावलले दिए । 
यस्तै समूहकी निर्वतमान अध्यक्ष सुशिला रायमाझी, दिनेश बेल्वासे लगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए । स्थापनाकालदेखि असार मसान्तसम्म ९ लाख ४३ हजारको रकम बराबरको काराेबार गरेको समूहको प्रतिवेदनमा उल्लेख छ । स्थापना भएको एक बर्षको समय अवधीमा हाल समूहमा ७८ जना सदस्य रहेका छन् । भने समूहको आर्थिक गतिविधिलाई चुस्तादुरुस्ता राख्नका लागि समयानुकूल बैंकिङ प्रणालीमामार्फत कारोबार गर्दै आएको समूहले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















