काठमाडौं : संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान गरेको छ।

समितिले आज सार्वजनिक सूचना जारी गर्दै राजदूतमा प्रस्तावित ६ जनाविरुद्ध उजुरी माग गरेको हो। सरकारले लोकबहादुर थापालाई न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघका लागि स्थानीय नियोग, रामप्रसाद सुवेदीलाई स्वीट्जरल्याण्ड, सुधीर भट्टराईलाई फ्रान्स, घनश्याम लम्साललाई कुवेत, तेजबहादुर क्षेत्रीलाई संयुक्त अरब इमिरेट्स र धनबहादुर वलीलाई थाइल्याण्डको राजदूतमा सिफारिस गरेको छ।

समितिले उनीहरुको नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार एवं सबुत प्रमाणसहित १० दिन भित्र उजुरी वा सूचना दिन भनेको छ। सूचना दिनेले आफ्नो नाम, थर, वतन र फोन नम्बर स्पष्ट रुपमा खुलाउनुपर्ने र निजले चाहेमा सूचना दाताको नाम गोप्य राखिने समितिले सूचनामा उल्लेख गरेको छ ।