हत्यामा १४ वर्ष कैद तोकिएका शेरचन अदालतमा पेश
काठमाडौँ : काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले १४ वर्ष कैद सजायँ तोकिएर फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ।
राधा पुनको जाहेरीले विसं २०६६ मा कर्तव्य ज्यान मुद्दाकादोषी सम्राट शेरचनलाई कामठाडौँको गोकर्णेश्वर अत्तरखेलबाट पक्राउ गरी काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको छ।
२०६७ सालमा मुस्ताङ जिल्ला अदालतबाट एक वर्ष चार महिना कैद ठहर भएको थियो। त्यसपछि पुनरावेदन अदालत बागलुङमा मुद्दा पुनराबेदन परेको थियो।
प्रतिवादी सम्राट शेरचनको हकमा शुरू जिल्ला अदालतको फैसला उल्टी भई उनलार्य सर्वस्वसहित जन्मकैद हुने ठहर भएको थियो। फैसला उपर पुन पुनरावेदन परेकोमा सर्वाेच्च अदालतले २०७२ सालमा १४ वर्ष कैद सजायँ हुने ठहर गरेको थियो।
त्यसपछि फरार रहेका प्रतिवादी सम्राट शेरचनलाई अत्तरखेलबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको छ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















