एसीसी इमर्जिङ टिम्स एसिया कपमा कुशलको उत्कृष्ट बलिङ, एक्लैले लिए ६ विकेट
३ असार, काठमाडौं । श्रीलंका जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा यूएई ए विरुद्ध कुशल भुर्तेल एक्लैले ६ विकेट लिएका छन् । खेलका पूरै १० ओभर बलिङ गरेका उनले ४० रन दिएर ६ विकेट लिए ।खेलमा पहिलो विकेट कुशल मल्लले र दोस्रो विकेट पवन सराफले लिएका हुन् तेस्रो देखि आठौंसम्मका ६ विकेट भने कुशलले हात पारे । कुशलसहितका बलरले दबाबमा राखेपछि कोलोम्बोमा टस जितेर पहिला ब्याटिङ गरेको यूएई ए ले ४० ओभरको खेल सकिँदा ८ विकेट गुमाएर १४९ रन बनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















