डेढ वर्षपछि राजर्षि जनक विश्वविद्यालयले पायो उपकुलपति
काठमाडौं : करिब डेढ वर्षदेखि राजर्षिजनक विश्वविद्यालयले उपकुलपति पाएको छ।
आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालले डाक्टर अमर यादवलाई विश्वविद्यालयको उपकुलपति नियुक्त गरेका हुन्।
विश्वविद्यालयमा १८ महिनादेखि उपकुलपतिसँगै रजिस्ट्रार, सेवा आयोगको अध्यक्ष, क्याम्पसप्रमुख र डीन पनि थिएनन्।
उपकुलपति र रजिस्ट्रार नभएका कारण विश्वविद्यालयमा कक्षा र समयमा परीक्षा सञ्चालन हुन सकेको थिएन।
२०७५ सालमा स्थापना भएको विश्वविद्यालयले पहिलो उपकुलपतिको रूपमा भरत झालाई पाएको थियो भने दोस्रो उपकुलपति शैलेन्द्र नारायण मल्लिक थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















