सगरमाथा सिकाइ केन्द्र लाई स्थानीय सरकारको पुस्तकालयको रुपमा विकास गर्नुपर्छ : सान्सद केसी
कमल बिष्ट
कपिलवस्तु, ३० असार ।
सगरमाथा सिकाइ केन्द्र शिवराज ५ चन्द्रौटामा रहेको सगरमाथा सिकाइ केन्द्रको तेस्रो साधारणसभा सम्पन्न भएको छ, सिकाइ केन्द्रको साधारण सभामा प्रमुख अतिथिको रुपमा बोल्दै लुम्बिनी प्रदेशसभा सदस्य अर्जुनकुमार केसीले केन्द्र लाई स्थानीय सरकार शिवराज नगरपालिकाको सिकाइ केन्द्रको रुपमा विकास गरेर सन्चालन गर्नुपर्नेमा जोड दिनुभयो, साम्सद केसीले पछिल्लो समय प्रविधिको विकास सङ्गै युवा युवती, किशोर किशोरी तथा बालबालिका समेत अधिक मोबाइल प्रयोग गर्ने र किताबी ज्ञान बाट बन्चित हुने अवस्था सिर्जना भएकोमा चिन्ता व्यक्त गर्दै सभ्य र शिक्षित समाजका लागि पुस्तकालय अपरिहार्य रहेको बताउनुभयो ।
त्यस्तै विशिष्ट अतिथि नगर उपप्रमुख शिवकुमारी चौधरीले सिकाइ केन्द्र लाई चाहेजति सहयोग गर्न नसकेको बताउदै आगामी दिनमा पुस्तक पढ्न इच्छुक जो कोहीलाई सिकाइ केन्द्रको पुस्तकालयमा पुगेर सहजरुपले पढ्न पाउने वातावरण बनाउन नगरपालिका जहिलेपनि तयार रहेको धारणा राख्नुभयो । 
त्यस्तै संस्थाका अध्यक्ष मणिराम उपाध्यायले आफु अध्यक्षताको जिम्मेवारी लिएकै दिन बाट आर्थिक मितव्ययिता अपनाए पनि नगरपालिका र वडाको समेत आवस्यक सहयोग नपाउदा सोचेअनुरुप संस्थागत विकास हुन नसकेको गुनासो गर्नुभयो । कार्यक्रममा शिवराज नगरपालिकाका संस्थापक नगरप्रमुख नेत्रराज अधिकारी, शिवराज नगरपालिका ५ नम्बर वडाका वडा अध्यक्ष नेत्रप्रसाद बेल्बासे, सस्थापक अध्यक्ष विश्णुप्रसाद अधिकारी , चेम्बर अफ कमर्शका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष महादेव पोख्रेल, मानवअधिकार प्रतिष्ठान कपिलवस्तुका अध्यक्ष विष्णुप्रसाद खतिवडा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । 
सगरमाथा सिकाइ केन्द्रका लागि स्थायी कार्यालय र उपयुक्त पठनपाठनको लागि वातावरणमैत्री अध्ययन केन्द्र बन्न नसक्दा आम नागरिकमा सिकाइ केन्द्र, पुस्तकालयमा पुगेर पढ्ने बानीको विकास हुन नसकेको वक्ताहरूले उल्लेख गरे । संस्थाका अध्यक्ष मणिराम उपाध्यायको अध्यक्षता, लुम्बिनी प्रदेशसभा सदस्य अर्जुनकुमार केसीको प्रमुख आतिथ्यता, नगर उपप्रमुख शिवकुमारी चौधरी , संस्थापक नगरप्रमुख नेत्रराज अधिकारीको विशिष्ठ आतिथ्यता रहेको कार्यक्रम संस्थाकी सचिब प्रेमकला पौडेलको संचालन र सदस्य तौलेश्वरप्रसाद चौधरीको स्वागतमा सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्ष मणिराम उपाध्याय द्वारा संस्थाको प्रगति प्रतिवेदन र संस्थाकी सह-सचिब कबिता आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















