सुर्खेत, २६ असार ।

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०र८१ का लागि ल्याएको बजेट बहुमतले पारित भएको छ । मंगलबार प्रदेशसभाको २५ औं बैठकबाट ध्वनी मतका साथ बजेट पारित भएको हो । प्रदेशसभमा सत्ता गठबन्धनको स्पष्ट बहुमत छ । सत्ता गठबन्धनको २८ र विपक्षी एमाले र राप्रपासँग १० सांसद छन् ।

अर्थमन्त्री बेदराज सिंहले असार १ गते अगामी आर्थिक वर्षका लागि ३३ अर्ब ३७ करोड ९७ लाख बराबरको बजेट ल्याएका थिए । चालुतर्फ ९ अर्ब २० लाख २४ हजार अर्थात् २६।९७ प्रतिशत, पुँजीगततर्फ।१९ अर्ब ५७ करोड ७२ लाख ४३ हजार अर्थात् ५८।६५ प्रतिशत र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ अर्ब ८० करोड ४ लाख ४० हजार अर्थात् १४।३८ प्रतिशत विनियोजन गरिएको छ ।