चन्द्रौटा, २६ असार ।

कपिलवस्तुको शिवराज नगरपालिका–५, चन्द्रौटामा नयाँ व्यवस्थापनका साथ पाहुना सुपर बजार सञ्चालनमा आएको छ । ग्राहकहरुको समस्यालाई मध्यजनजर गर्दै सुपर बजार शनिबारबाट विधिवतरुपमा उद्घाटन भएको हो ।

सेवाग्राहीहरुको रोजाईलाई ध्यानमा राखी एउटै छानामुनि हरेक प्रकारका सामग्री पाउन सकिने सञ्चालक राम भरत थारुले बताए । उनले समय खासगरी पछिल्लो युवा पुस्ताको रोजाईलाई ग्राहकको रोजाई बन्ने विश्वास लिएको जिकिर गरे ।
आर्थिक मन्दीको अवस्थालाई चलाएमान बनाउन यस बजारले सरकारको राजस्वमासमेत टेवा पुग्ने थारुले जनाए । गृहणीदेखि कर्मचारी लगायत सबैका लागि समय र पैसा दुबै बचत हुनेगरी यस क्षेत्रकै नौलो व्यवस्थापनका साथ सुपर बजार सञ्चालनमा ल्याएको उनको भनाई छ ।

सबै प्रकारका सामग्री एउटै छानामुनि किन्न पाउँदा खुसी लागेको स्थानिय उर्वशी क्षेत्रीले बताउँछिन् । अरु ठाउँ भन्दा सस्तो दर रेटमा मिलाएर सुपथ समान पाउने गरेको किरण थारुले बताए ।