मनाङको हेलिकप्टर खोज्न सोलुको लाम्जुरापासतर्फ प्रहरी जाँदै
काठमाडौं, २६ असार ।
बेपत्ता मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लाम्जुरा पहाडतर्फ गएर बेपत्ता भएको आशंकामा खोजी थालिएको छ । सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिकाकी उपाध्यक्ष गान्धीमाया तामाङ्गकाअनुसार वडा २ र लिखु पिके गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने लाम्जुरा क्षेत्रमा फसेको आशंकामा खोजी थालिएको छ ।
लाम्जुरा पास पहाड रहेको २ नम्बर वडाका अध्यक्ष ङवाङ ठिले शेर्पाले आफ्नो क्षेत्रमा हेलिकप्टरबारे अपुष्ट खबर आएको अनलाइनखबरलाई बताए । ‘हेलिकप्टरबारे मलाई अपुष्ट जानकारी आएपछि प्रहरी खटाएको छु, यहााबाट केही पनि देखिएको छैन,’ उनले भने,’सम्भावित क्षेत्रमा खोजी जारी छ ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















