शिवराज साझेदारी बनको कार्ययोजना सम्बन्धी अन्तरक्रिया
चन्द्राैटा, २२ असार ।
कपिलवस्तुको शिवराज साझेदारी बन व्यवस्थापन समितिले वन व्यवस्थापन कार्य योजना तयारी तथा कार्यान्वयन सम्बन्धी सरोकारवालाबीच अन्तरक्रिया गरिएको छ । साझेदारीको पछिल्लो अवस्था र आगामी दिनमा कसरी काम गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।
वन क्षेत्रको अवस्थाको बारेमा सहायक वन अधिकृत प्रेमशंकर गुप्ताले जानकारी दिए । वन अतिक्रमण नियन्त्रण, आगलागि नियन्त्रण, वृश्रारोपण लगायतको विषयमा आगामी योजनको बनाएर प्रभावकारी रुपमा काम गर्नुपर्नेमा साझेदारी बनका सदस्यहरुले जोड दिएका थिए ।
कार्यक्रममा बोल्दै अध्यक्ष हरि पोख्रेलले वन जोगाउन सबै पक्षको सहयोग र साथ आवश्यक रहने बताए । बन ऐन अनुसार काम हुने बताउँदै पोख्रेलले नियमविपरित काम गर्ने छुट कसैलाई नभएको जिकिर गरे । साझेदारी वनका संस्थापक अध्यक्ष जगदम्बा प्रसाद चौधरीले शिवराज साझेदारी बनको इतिहास बाेलेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















