१५ दिनदेखि किशोरी बेपत्ता
कपिलवस्तु, १९ असार ।
कपिलवस्तुको शिवराज नगरपालिका ७ कि १७ बर्षकी एक किशोरी विगत १५ दिन देखि बेपत्ता भएकी छन । असार ५ गते स्कुल पढ्न जान्छु भनि हिडेकि किशोरी घर नआएपछि उनको परिवार चिन्तित भएका छन् ।
छोरीको खोजी कार्य सुरु गरेको किशोरीको परिवारले जनाएका छन् । तर अझैसम्म छोरीको अवस्था बारे कुनै जानकारी प्राप्त गर्न नसकेको परिवारले जनाएका छन् ।
किशोरीका बुवाले छोरीलाई बेपत्ता गरेको भन्दै ५ जना विरुद्ध इलाका प्रहरी कार्यालय गणेशपुरमा उजुरी समेत दिएका छन् । किशोरीलाई बेपत्ता बनाउने शिवराजका ७ का जगतराम रैदास, विरेन्द्र रैदास, राम कुमार रैदास, लालमन रैदास र युवराज चौधरी विरुद्ध जाहेरी परेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक कृष्ण रानाले बताए । घटनाको दिन किशोरी र उजुरी परेका ब्यक्तिको मोबाइल लोकेशन कृष्णनगरमा देखिएकाले भारत गएको हुन सक्ने अनुमान गरिएको उनले बताए । उजुरी परेकाहरुको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















