चन्द्राैटा, १९ असार ।

कपलिवस्तुकाे चन्द्राैटामा एक कार्यक्रमका बीच सिलाई कटाई तलिम सहभागिहरूलाई प्रमाण पत्र बितरण गरिएकाे छ ।

एक बर्ष सम्म संचालनमा रहेकाे तालिममा शिवराज नगरपालिकाका २५ जना महिलाहरूलाई प्रमाण पत्र बाल अपांग टेवा संस्था काठमाण्डाैका अध्यक्ष डेन्डी शेर्पाले बितरण गरेकी हुन् ।

महिलाहरूलाई शिप सिकाई आत्मनिर्भर बनाउन तलिम प्रर्दान गरिएकाे तालिम प्रशिक्षक चन्दा थापाले बताइन् । कार्यक्रममा मिथुन राई, आशिष अधिकारी लगायतकाे सहभागिता रहेकाे थियाे ।