शिवराजको शिक्षामा ८ करोड ३२ लाख रुपैया कुल बजेटको ६ दशमलव ५ प्रतिशत
दिपक खड्का
शिवराज नगरपालिकामा रा.प्रा.प वाट निर्वाचित भएका नगर प्रमुख अजय थापाले आफनो पहिलो निर्णय नै शिक्षा नि:शुल्क बनाउनेमा हस्ताक्षर गरेका थिए । शिवराज नगरपालिकाले गरिबका छोरा छोरीलाई सहज र गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि शिक्षा निशुल्क गरिएको नगर प्रमुख अजय थापाले बताए ।
शिवराज नगरपालिकाले १३ औ नगर सभावाट आर्थिक वर्ष २०८०।०८१ मा “आर्थिक वृद्धि शिवराजको समृद्धि” को दीर्घकालिन सोचका साथ १ अर्ब २७ करोड ८५ लाखको अनुमानित आय व्यय प्रस्तुत गरेको छ ।
शिवराज नगरपालिकाले विद्यालय शिक्षालाई अनिवार्य तथा निशुल्क आधारभुत शिक्षा तथा नि:शुल्क माध्यमिक शिक्षा कार्यन्वयनको लागि अनिवार्य तथा निशुल्क शिक्षा ऐन कार्यान्वयन गर्ने निति तथा कार्यक्रम अगाडि सारेको छ ।
शिवराज नगरपालिकाले विद्यालय तथा शिक्षकलाई पेशागत सहयोग प्रदान गर्नका लागि शिक्षा क्षेत्रमा १० वर्ष शिषण पेशा तथा शैक्षिक प्रशासन क्षेत्रमा अनुभव प्राप्त गरेका व्यक्तिहरुलाई श्रोत विज्ञको रुपमा सेवा करारमा लिने निति ल्याइएको थापाले बताए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























