शिवराज नगरपालिकामा खोप सुनिश्चताका लागि घरदैलो
दिपक खड्का
शिवराज नगरपालिकाले पूर्ण खोप दिगोपनाको सनिश्चताको लागि शिवराज नगरपालिका वडा न १ मा १६ महिना देखि २३ महिनाका बालबालिकाहरुको आमाहरु संग घरभेट कार्यक्रम गरिएको शिवराज स्वास्थ्य शाखाको अधिकृत पुर्णीमा खनालले बताइन् ।
शिवराज नगरपालिकाको ११ वटा वडाहरुमा उमेर समूहका कूल १ हजार ९ सय १६ जनारहेको र खोज र खोप लगाउ अभियान अन्तर्गत घर घर स्वास्थ्य कर्मीपुगि १ सय १६ जनलाई पूर्ण खोप लगाइएको अभियान सफल बनाएको खनाले बताइन् ।
नेपालको संविधान बाट नै आधारभूत स्वास्थ्य सेवालाई मौलिक हकको रुपमा व्यवस्था अनुसार लक्ष्ति वर्गको खोप लगाउने अधिकार नीतीगतरुपमा नै सुनिश्त गरेकोले घरदैलोमा गइ अनुगमन गरिएको नगर प्रमुख अजय थापाले बताए ।
नेपाल सरकारले राष्ट्रिय खोप तालिका अनुसार सवै बालबालिकाहरुले पूर्णखोप प्राप्त गरी विभिन्न रोगहरुवाट सुरक्षित हुन सकून भन्ने अभिप्रायले पूर्णखोपको अवधारणा शुरु गरिएको र शिवराज नगरपालिकाले प्रत्येक महिनाको २ गते देखि ६ गते सम्म खोप केन्द्र वाट खोप दिने गरिएको खनालले बताइन् ।
नेपाल सरकारले बैशाख महिनालाई खोप महिनाको रुपमा मनाउदै आइरहेको र स्थानियतहले पूर्णखोप सुनिश्चतताको गर्न अभियान चैत्र महिना भित्र स्वास्थ्यकर्मिको संलग्नतामा घरधुरी सर्वेक्षण गरिएको वडा न १ का स्वास्थ्य चौकी प्रमुख लेखनाथ पौडेलले बताए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























