कृष्ण पौडेल कपिलवस्तु,
गएराति अचानक आएको बाढीका कारण शिवराज नगरपालिका वडा नम्बर ८ देबीपुरमा किसानले लगाएको तरकारी खेती बाढीले बगाएको छ । शिवराज नगरपालिकाको २ लाख अनुदान प्राप्त गरि सफल कृषक समुहले सुरही खोलाको बगरमा लगाएको तरकारी खेती गरेको थियो । शिवराज नगरपालिका कृषि शाखा प्रमुख तारा चन्द्र चौधरीले अनुमानीत १६ लाख बराबरको क्षति पुगेको बताउनु भयो । बाढीले बगरमा लगाइएको काँक्रा, लौका, फर्सी, प्याज, तरभुजा, तितेकरेला लगायत तरकारीबालीमा क्षति पुगेको कृषक सुग्रीम लोनियाले बताए । सुराही नदीको बगरमा १ दर्जन किसानले तरकारी खेती गर्दे आएका थिए ।
कृषक सुमुहका अध्यक्ष समेत रहेका लोनियाले भने “बगरको तरकारीमा बाढीले नोक्सानी गरेपछि किसानको मिहिनेत सबै खेर गएको छ ।” बगरमा लगाइएको सबै तरकारी बगाएर लग्यो” । उनले भने, “किसानले ठूलो क्षति व्यहोरेकाले सरकारले क्षतिपूर्तिको व्यवस्था मिलाउन सक्नुपर्दछ ।”
अनुगमनमा पुग्नुभएका शिवराज नगरपालिकाका मेयर अजय थापाले नगरपालिकाले तरकारी खेतीका लागि सहयोग गरेको बताउदै तरकारी खेतीमा बाढिले गरेको क्षेतीको पनि पालिकामा आवश्यक सल्लाह गरेर किसानलाई क्षतिपूर्तिको व्यवस्था मिलाउने बताउनुभयो।