संजिव गहतराज । नेपाल कम्युनिष्ट पार्टी वडा नं ५ टाेल कमिटिकाे आयाेजनामा मिसन ग्रासरूट अभियान सिद्धार्थ टाेलमा संचालन गरिएकाे छ । पार्टी विस्तार तथा सुदृढीकरण अभियानमा बाेल्दै आफु जनताकाे सेवक भएकाेले निर्धक भएर टाेल बस्तिमा भएकाे समस्याहरू समाधान गर्न आफु लागि पर्ने नेकपा एमाले जिल्ला उप सचिव तथा लुम्बनि प्रदेश सभा सदस्य अर्जुन केसिले बताउनु भयाे । सिद्धार्थ टाेलमा भएकाे मुख्य समस्या पानिकाे निकास र बाटाे कालाे पत्रे तथा ग्राबेल आधारभुत विषयहरू प्राथमितामा राख्ने नेकपा एमाले जिल्ला उप सचिव तथा लुम्बनि प्रदेश सभा सदस्य केसिले बताउनु भयाे । वडा नं ५ वडा कमिटिकाे बिशेष पहलमा आयाेजित मिसन ग्रासरूट अभियानमा नेकपा एमाले लुम्बनि प्रदेश कमिटि सदस्य बेगम बिश्वकर्मा, नेकपा एमाले जिल्ला कमिटि सदस्य चन्द्र कला भट्टराई, नेपकपा शिवराज नगर किमिटि सदस्य तथा वडा अध्यक्ष नेत्र प्रसाद बेल्वासे लगायतले सम्बाेधन गर्नुभएकाे थियाे । कार्यक्रम टाेल कमिटि उप सचिव कमला डुम्रे काे संचाल र टाेल कमिटि अध्यक्षता बसन्तन खनाल काे अध्यक्षतामा सम्पन्न भएकाे हाे ।