एजेन्सी : ग्रिसको उत्तर क्षेत्रमा दुईवटा रेल आपसमा ठोक्किंदा कम्तिमा १६ ज्यान गएको छ।
रेल दुर्घटनामा १६ जनाको मृत्यु भएको र ८६ जना घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। घाइतेमध्ये २५ जनाको अवस्था गम्भीर रहेको छ।
मंगलबार बेलुका एथेन्सबाट उत्तरी सहर थेस्सालोनिकीतर्फ जाँदै गरेको यात्रुवाहक रेल र थेसालोनिकीबाट लारिसा जाँदै गरेको मालवाहक रेल मध्य ग्रीसको लारिसा सहरबाहिर ठोक्किएको थियो। रेल ठोक्किएपछि डिब्बाहरु उछुट्टिएका थिए र तीनवटा डब्बामा आगो लागेको थियो।
उद्धारका लागि लारिसा क्षेत्रका दुईवटा अस्पतालबाट स्वास्थ्यकर्मीहरुलाई खटाइएको र सेनाको पनि सहयोग मागिएको अधिकारीहरुले बताएका छन्। रेल ठोक्किनुको कारण खुलेको छैन।