एजेन्सी : खानी विस्फोटमा परी मध्य मालीमा संयुक्त राष्ट्रसङ्घका तीन शान्ति सैनिकको मृत्यु भएको छ।

मालीमा रहेको संयुक्त राष्ट्रसङ्घीय बहुआयामिक एकीकृत स्थिरता मिसन (मिनुस्मा) का अनुसार एक इम्प्रोभाइज्ड विस्फोटक उपकरण (कारीगरी खानी) मा ठोक्किँदा भएको विस्फोटमा अन्य पाँच जना गम्भीर घाइते भएका छन्।

संयुक्त राष्ट्रसङ्घ मिशनले विज्ञप्ति जारी गर्दै सो घटनाको पुष्टि गरेको छ। पश्चिम अफ्रिकी देश मालीमा सन् २०२२ अक्टोबर ३ यता १८ वटा विभिन्न किसिमका आक्रमणमा चार शान्ति सैनिकको मृत्यु भएको अधिकारीहरुले बताएका छन्।