एजेन्सी : टर्कीमा फेरि शक्तिशाली भूकम्प गएको छ।

सिरियासँग सीमा जोडिएको देशको दक्षिणी क्षेत्रमा सोमबार राति ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको टर्कीको सरकारी समाचार संस्था अनादलुले जनाएको छर

नयाँ भूकम्पमा परि तीन जनाको मृत्यु भएको। भूकम्पको सिरियामा पनि प्रभाव परेको छ। दुई देशमा गरि ६०० भन्दा धेरै घाइते भएका छन्।

केही समय अगाडिमात्रै सोही क्षेत्रलाई केन्द्रविन्दु बनाएर ७ दशमलव ८ म्याग्निच्युडको शक्तिशालि भूकम्प जाँदा त्यहाँ ४४ हजारभन्दा धेरैको मृत्यु भएको थियो।

उक्त शक्तिशालि भूकम्पको उद्धार र राहतको कार्य नसकिंदै फेरि अर्को भूकम्प गएपछि टर्कीमा थप समस्या भएको छ।