अष्ट्रेलिया र इंग्ल्याण्डको विजयी सुरुवात
काठमाडौं : अष्टेलियाले दक्षिण अफ्रिकामा जारी आठौं संस्करणको आईसीसी महिला टी-ट्वान्टी विश्वकपमा विजयी सुरुआत गरेको छ।
गएराति भएको खेलमा न्यूजिल्याण्डलाई ९७ रनले पराजित गरेको हो। टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा १७३ रन बनाएको थियो। अष्ट्रेलियाका लागि एल्सा हेलीले अर्धशतकीय पारी खेलिन्। उनले ५५ रन बनाइन्। यस्तै मेग ल्यानिङले ४१ तथा एल्सा पेरीले ४० रनको योगदान गरे।
न्यूजिल्याण्डका लिया तनु र एमिलिया केरले समान तीन तीन विकेट लिए।
१७४ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको न्यूजिल्याण्डले १४ ओभरमा सबै विकेट गुमाएर ७६ रन मात्र बनाउन सक्यो। न्यूजिल्याण्डलाई सस्तोमा समेटन अष्ट्रलियाका अष्लेहा ग्राण्डले ५ विकेट लिइन्।
गएराति नै भएको खेलामा इंग्ल्याण्डले वेस्ट इण्डिजलाई ७ विकेटले पराजित गरेर इंग्ल्याण्डले सुखद सुरुआत गरेको छ। वेस्ट इण्डिजले दिएको १ सय ३६ रनको लक्ष्य इंग्ल्याण्डले १४।३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो।
इंग्ल्याण्डको जितमा नाट ब्रान्टले ३० बलमा अविजित ४० रन बनाउँदा शोफाई डुन्केलीले ३४ रन बनाईन्। हिट्थर नाईट्स ३२ रनमा अविजित रहँदा अलाईस क्याप्सीले १३ रन बनाईन्।
वेस्ट इण्डिजका लागि चिनेल्ली हेनरीले २ तथा अफै फ्लेचरले १ विकेट लिईन्। त्यसअघि पहिले ब्याटिङ गरेको वेस्ट इण्डिजले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३५ रन बनाएको थियो।
प्रतियोगिता अन्तरगत आज भारत र पाकिस्तान तथा बंगलादेश र श्रीलंका भिड्दैछन्।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















