Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

नदीजन्य पर्दाथ निकासीमा नक्कली बिल प्रयोग


नदीजन्य पर्दाथ निकासीमा नक्कली बिल प्रयोग

कपिलवस्तु,
कपिलवस्तुको बुद्धभूमी नगरपालिकाका नदीजन्य पर्दाथ निकासी ठेक्कामा नक्कली बिल प्रयोग गरिएको छ । बुद्धभूमी नगरपालिकाले वडा नं. १ स्थित गुडरुङ्ग नदीमा नदीजन्य पर्दाथ निकासी ठेक्का लगाएको थियो । उक्त ठेक्का पारेको रुपन्देहीको स्वाभिमान कन्ट्रक्सनले तोकिएको परिमाण चोरी गर्न र भ्याट छलि गर्न नक्कली बिल प्रयोग थालेको हो । ५ लाख ५६ हजार २०७ घनफिट नदीजन्य पर्दाथ निकासीका भ्याट सहित ६० लाखमा कबोल गरिएको ठेक्का १ साता अघि मात्र सम्झौता गरिएको थियो । सम्झौता लगत्तै नदीजन्य पर्दाथ निकासी काम सुरु भएपछि ठेकेदारले नक्कली बिल प्रयोग गर्न थालेको स्थानीयबासीहरु बताउछन् ।

ठेक्का सम्झौता विपरित ठेकेदार कम्पनीले किर्ते काम बारे नगरपालिका राजस्व शाखा तथा जनप्रतिनिधीलाई जानकारी गराएपनि त्यसबारे अनुगमन समेत नगरिएको स्थानीयबासीहरुले जानकारी दिए । ठेकेदारले नगरपालिकाबाट प्रमाणित गरि ल्याएका ठेलीको हुबहु नक्कली भ्याट बिल तथा नगरपालिकाको सरकारी छाप किर्ते गरि प्रयोग गरेका छन् । ठेकेदारले एउटै ट्याक्टरको एकै दिन २ किसिमका बिल काटेका छन् । लु ३ त ६१२० को ट्याक्टरलाई मिस्कट बापत माघ २० गते विहान १० बजे ६९६ नम्बरको रसिद काटेका छन् भने दिउसो २ बजे २४० नम्बरको भ्याट बिल रसिद काटेका छन् । त्यहि ट्याक्टरलाई १९ गते ४०० नम्बरको भ्याट बिल रसिद काटिएको छ । त्यति मात्र होइन स्थानीय डम्पीङ्ग गर्ने समूहलाई रसिद नै नकाटि सादा कापीमा हिसाब राख्ने गरिएको छ । “दिनको १० खेप गर्दा पनि रोयल्टी काटिएको छैन, काजगमा हिसाब–किताब लेखिएको छ यो त सरासर ठेक्काको नाममा चोरी हो” स्थानीय एक युवाले भने । नाकामा दिनमा ३ सय ट्याक्टर र ट्रिपरले नदीजन्य पर्दाथ ओर्सादा १ हप्तामा जम्मा २ सय ४० वटा रसिद काटेको देखिनु ठाडै चोरी हो उनले भने । प्रति ट्याक्टर भ्याट सहित १०० घनफिटको ९०५ रुपैयाको रसिद काटेपनि १ हजार रुपैया लिने गरेको समेत ट्याक्टर ढुवानीकर्ताहरुले दुखेसो पोखेका छन् ।

ठेक्का लिएका ठेकेदार कृष्ण पोख्रेलले माथि देखि तल सबै मिलाएको हुदा केहि फरक नपर्ने नाकामा खटिएका कर्मचारीले भने । “प्रहरी प्रशासन, नगरपालिका, पत्रकार सबै मिलाएका छौ जति खिच्न छ खिच्नुस केहि फरक पर्दैन” रसिद काट्न खटिएका एक कर्मचारीले भने । ठेकेदारले कबोल गरिएको परिमाण मात्र होइन, राज्यलाई तिर्ने १३ प्रतिशत भ्याटको रकम समेत चोरी गरेको र सरकारी बिल, छाप किर्ते गरेको नक्कली रसिद बाटै छर्लङ्ग हुन्छ । तर नगरपालिकामा जानकारी गराउदा समेत वेवास्ता हुदा मिलेमतोको आशंका देखिएको छ ।

कपिलवस्तुको बुद्धभूमीमा मात्र होइन शिवराज नगरपालिका, बाणगंगा नगरपालिकाहरुमा समेत खोलिएका नदिजन्य पर्दाथ निकासी ठेक्काका ठेकेदारले परिमाण र राजस्व छलि गर्न नक्कली बिल प्रयोग सुरु गरिसकेका छन् । ठेक्का लगाउने तर नदि दोहनको अवस्था, निकासी परिमाण र ठेक्का अवस्था बारे वास्ता नगर्ने स्थानीय सरकारकै रवैयाका कारण ठेकेदार मोटाउने र सरकारको राजस्व बर्षेनी घट्दै गएको छ ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

भारतीय अभिनेता सतीश कौशिकको निधन

भारतीय अभिनेता सतीश कौशिकको निधन

टिपरको ठक्करबाट साँखुमा एक पत्रकारसहित २ जनाको मृत्यु

टिपरको ठक्करबाट साँखुमा एक पत्रकारसहित २ जनाको मृत्यु

यी हुन् आफन्तलाई स्वकीय सचिव राख्ने कपिलवस्तुका एमाले सांसद

यी हुन् आफन्तलाई स्वकीय सचिव राख्ने कपिलवस्तुका एमाले सांसद

एक हप्तासम्म ज्वरो र खोकी सञ्चो भएन ? हङकङ फ्लू हुन सक्छ आफूखुसी एन्टिबायोटिक खानु घातक

एक हप्तासम्म ज्वरो र खोकी सञ्चो भएन ? हङकङ फ्लू हुन सक्छ आफूखुसी एन्टिबायोटिक खानु घातक

जनकपुरधाममा आज महामूर्ख सम्मेलन

जनकपुरधाममा आज महामूर्ख सम्मेलन

शिवराजमा सार्वजनिक स्थलमा धूमपान गर्न नपाइने, गरे कारबाही हुने

शिवराजमा सार्वजनिक स्थलमा धूमपान गर्न नपाइने, गरे कारबाही हुने

ताजा समाचार

शिवराज नगरपालिकाले चन्द्रौटा  अस्थाई स्मार्ट शौचालय बनाउने

शिवराज नगरपालिकाले चन्द्रौटा अस्थाई स्मार्ट शौचालय बनाउने

शिवराज नगरपालिका वडा न ८ मा बगर खेती बाढीले  बगाउँदा लाखौँ क्षति

शिवराज नगरपालिका वडा न ८ मा बगर खेती बाढीले बगाउँदा लाखौँ क्षति

चन्द्रौटा हाट बजारको उप प्रमुख द्वारा अनुगमन

चन्द्रौटा हाट बजारको उप प्रमुख द्वारा अनुगमन

आर्थिक अनियमितता पछि शिक्षक बर्खास्त

आर्थिक अनियमितता पछि शिक्षक बर्खास्त

मिसन ग्रासरूट अभियान टाेल,टाेलमा

मिसन ग्रासरूट अभियान टाेल,टाेलमा

गाउँमा पुगि छलफल  सहमतीमा सडक निर्माण गर्न आग्रह

गाउँमा पुगि छलफल सहमतीमा सडक निर्माण गर्न आग्रह

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline